Slider Image
Slider Image
Slider Image

Latest Youtube Videos

More Youtube Videos

Latest News

View All News

Contact Offices

View All Offices
अत्यन्त जरुरी सूचना तथा हार्दिक आह्वान

अत्यन्त जरुरी सूचना तथा हार्दिक आह्वान

देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपत्तिका कारण प्रभावित हुनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति सनातन मोर्चा गहिरो दुःख व्यक्त गर्दै यस दुःखद् घडीमा पीडित नागरिकहरूको जीवनरक्षा, उद्धार तथा राहत कार्यमा राज्यका सम्बन्धित निकायसँग हातेमालो गर्दै स्वस्फूर्त रूपमा मानवीय सेवामा जुट्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आह्वान गर्दछौँ। हामी सबैको सानो प्रयासले पनि विपत्तिमा परेका नागरिकको जीवन बचाउन र पीडित परिवारलाई ठूलो राहत पुर्‍याउन सक्छ। त्यसैले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित उद्धार टोलीसँग समन्वय गरी आफ्नो क्षेत्रको आवश्यकता अनुसार: उद्धार तथा स्वयंसेवी कार्यमा सहभागी हुन, खाद्यान्न, खानेपानी, कपडा, औषधि तथा आवश्यक सामग्री सहयोग गर्न, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिको उद्धारमा प्राथमिकता दिन, रक्तदान तथा आवश्यक मानवीय सहयोग गर्न र विपद्को समयमा अफवाह फैलाउनुको सट्टा आधिकारिक सूचनालाई मात्र विश्वास गरी सहयोग र सहकार्य गर्न सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछौँ। यो समय आरोप–प्रत्यारोपको होइन, मानव जीवन बचाउने र एकअर्काको साथ दिने समय हो। “विपत्तिमा परेका नेपालीलाई बचाउनु नै हाम्रो पहिलो धर्म हो।” आउनुहोस्, जात, क्षेत्र, भाषा, विचार र राजनीतिक आस्थाभन्दा माथि उठेर मानव सेवाका लागि एकजुट बनौँ। सनातन मोर्चा नेपाल — विपत्तिमा एक नेपालीले अर्को नेपालीको हात समाऔँ —...

Press Released

View All Press Released